४० वर्ष पहिलेदेखि हराएका जुम्लाका पुरुष : जो भारतबाट घर आउँदै गर्दा फेरि हराए

जुम्ला : जुम्लाको तिला गाउँपालिका वडा नम्बर ८ जुम्लाकोट एक बृद्ध ४० वर्षपछि घर फर्किएका थिए । लगभग ७३ वर्षका गोविन्द रावत उर्फ गोविचन्द्र रावतलाई आफन्तले भारतमा भेटाए ।

त्यसपछि उनी चार दशक परिवार, आफन्त र देशबाटै सम्पर्कविहीन भएर जीवन चलाए । आफन्त गणेश रावतका अनुसार रोजगारीको शिलशिलामा भारत गएका आफन्तहरुले उनलाई भारतमै भेटाएका थिए ।

जवानीमा भारत छिरेका उनी अहिले बयोवद्ध भइसकेका छन् । उनले लामो समयपछि आफन्तले केहीदिन पहिले भारतबाट नेपाल ल्याएको बताए । वृद्ध रावत आफ्नो जन्मभूमि जुम्लाकोटमा पुग्न नपाउँदै फेरि हराएका छन् ।

उनका अनुसार नेपाली नेपालगन्जबाट जुम्ला जाने क्रममा सोमबार साँझ बैजनाथको चिसापानीबाट फेरि हराएका छन् । आफन्तहरुका अनुसार चिसापानीबाट उनी एक्कासी हराएका हुन् । उनलाई देख्नु वा भेटाउनु हुने सम्पूर्णलाई सुरक्षित रुपमा राखिनदिन आफन्तहरुले अनुरोध गरेका छन् ।