कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : उपकुलपतिलाई पत्र लेख्दै चिकित्सकहरुद्धारा सामूहिक राजीनामाको घोषणा

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकले सामूहिक राजीनामाको घोषणा गरेका छन्। शान्ति सुरक्षाको प्रत्याभुति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन्। उनीहरुले उपकुलपतिलाई पत्र लेख्दै सामूहिक राजीनामाको घोषणा गरेका छन्।

गत भाद्र २ गते डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। उक्त घटनालाई अतिरञ्जित बनाई पिडित डा साहमाथि नै झुटा मुद्धा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि आन्दोलित बन्नु परेको उनीहरुको भनाई छ। शान्तिपुर्ण तरिकाले आन्दोलन गर्दा आफ्ना माग सम्बोधन नभएपछि सामूहिक राजिनामा दिनुपरेको चिकित्सकहरुले बताएका छन्। उनीहरुले डा साहमाथि जारी पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गर्दै आएका छन्।

स्नाथीय केही व्यक्तिले नावालाकलाई प्रयोग गरी मुठभेडको अवस्था सिर्जना गरेको भन्दै चिकित्सकहरुले यस्तो वातावरणमा सेवा दिन नसक्ने जनाएका छन्।

एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल ९शाही० ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको छ।