तातोपानीको दुर्गा मा.वि लाम्रामा एनसीसी तालिम सुरु

जुम्ला – नेपाल सरकारको प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दल (NCC) कार्यक्रम अन्तर्गत यो वर्षको लागि स्वीकृत तालिका अनुसार कर्णाली प्रदेशको जुम्ला जिल्लामा एनसीसी तालिम सुरु भएको छ। उक्त तालिम जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित श्री दुर्गा मावि, मा.वि लाम्रामा सञ्चालन भएको हो। नेपाली सेना देविदत्त गण जुम्ला द्वारा सञ्चालनमा ल्याइएको हो।

यस तालिममा उक्त विद्यालयका कक्षा ८ देखि १० सम्मका छात्रा १५ जना र छात्र १५ जना गरी जम्मा ३० जना सहभागी भएका छन्।

उद्घाटन कार्यक्रम श्री देवीदत्त गवणका गणपति प्रमुख सेनानी धिरज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रमुख अतिथि थापाले तालिमको महत्त्वमाथि प्रकाश पार्दै विद्यार्थीलाई अनुशासित र राष्ट्रप्रेमी बनाउने उद्देश्यका साथ तालिम सञ्चालन भइरहेको बताए। त्यसै गरि विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर शाहीले पनि NCC कार्यक्रमले विद्यालय र समग्र जुम्ला लाई आपतकालीन अबस्थामा सहयोग मिले भन्दै मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए। भने

यो तालिमले स्थानीय स्तरमा विद्यार्थीहरूको अनुशासन, नेतृत्व विकास तथा राष्ट्रसेवामा अभिप्रेरणा जगाउने विश्वास गरिएको अभिभावकहरुले विश्वास समेत गरेका छन ।