नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ वार्षिक साधारण सभा तातोपानी धारामा सम्पन्न ।

  1. जुम्ला । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ बार्षिक साधारणसभा तथा तातोपानी मिडिया सम्मेलन सम्पन्न भएको छ । तातोपानी गाउँपालिका – २ स्थित पर्यटकीय क्षेत्र तातोपानी धाराको प्रांङ्गणमा बुधबार सम्पन्न भएको हो । महासंघको आयोजना तथा तातोपानी गाउँपालिका जुम्लाको सहयोगमा सम्पन्न भएको बार्षिक साधारण सभा तथा तातोपानी मिडियो सम्मेलनले ७ बुद्धे घोषणा पत्रसमेत जारी गरेको छ ।

घोषणा पत्रमा भनिएको छ, नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको यस साधारणसभा तथा मिडिया सम्मेलनले जुम्ली पत्रकारहरुको हक, हित संरक्षण तथा पेशागत सुरक्षाको लागि पहलको थप प्रतिवद्धता गर्दछ । राज्य र सरोकारवाला निकाय सँग पत्रकारको सुरक्षाको सुनिश्चतताको माग गर्दछ ।

 

राष्ट्रिय मिडियामा कार्यरत क्रियाशिल कर्णालीका स्टेञ्जर स्थानीय समाचारदाता पत्रकारलाई तलवी बनाउन राष्ट्रिय स्तरका संचारगृह सवैलाई अपिल गर्दै स्टेञ्जर प्रथाको अन्त्य गर्न यो साधारण सभा जोडदार माग गर्दछ ।

दुर्गम क्षेत्रका पत्रकारहरुलाई क्षमता अभिबृद्धिका कार्यक्रममा जोड दिन तथा स्थानीय सञ्चार माध्यामको लोककल्याणकारी विज्ञापनमा दुर्गमका संचारमाध्यामलाई दोब्बर बढि सहित प्राथमिकता दिन माग गर्दछौ ।

 

राष्ट्रिय मिडियाको विज्ञापन स्थानीय स्तरकै मिडियामा सूचना प्रवाह गर्ने बिषयमा जोड दिन माग गर्दछौ । ऐतिहासिक पर्यटकीय केन्द्र तातोपानीको पर्यटन प्रर्वधनको प्रचार प्रसारमा जोड दिदै यहाँको आवश्यक पूर्वाधार निर्माणका लागि बृहत योजना सहित बजेटको लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय सरकारलाई साधारणसभा तथा यो मिडिया सम्मेलन हार्दिक अपिल गरेको छ ।

स्थानीय तहमा निर्माण गरिने संचार सम्वन्धी कानून निर्माणमा सहजता तथा समन्वय गरि प्रेस स्वतन्त्रताको सुनिश्चत सहयोग गर्न जुम्लाका स्थानीय तहसँग जारी घोषणा पत्रममार्फत माग गर्दछ ।

तातोपानी साधारसभा तथा मिडिया सम्मेलन दुर्गमका महिला पत्रकारको क्षमता अभिबृद्धि, प्रोत्साहन तथा पुरस्कारका कार्यक्रम तय गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय तथा प्रदेश कार्यालयलाई जोडदार माग गर्दछ । तातोपानी लगायत जुम्ला जिल्लामा रहेका समग्र पर्यटकीय क्षेत्र प्रवर्धनार्थ तिनै तहका सरकारलाई लगानीका लागि यो साधारसभा तथा मिडिया सम्मेलनमार्फत ध्यानाकर्षण गरिएको छ ।

 

पत्रकारका हक अधिकार, पेशागत सुरक्षाका बिषय र तातोपानी धारालाई पर्यटकीय प्रवर्धनमा जोड दिने उद्देश्यले महासंघको १९ औ साधारण सभा तथा तातोपानी मिडिया सम्मेलनको आयोजना गरिएको महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।

पत्रकारको सुरक्षा र संरक्षण राज्यले नै गर्नु पर्ने दायित्व रहेको महासंघ कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराईले बताए । उनले भने धेरै जोखिम अवस्थामा काम गर्दै आउनु परेको छ । यस विषयमा राज्यको ध्यानाकषर्ण गर्दै आएका छौँ ।

 

विकास निर्माण तथा अन्य गतिविधिमा महासंघसँग समन्वय तथा सहकार्यमा काम गर्दै आएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनले भने पयर्टन प्रवद्धन तथा प्रसारप्रसारका विषयमा महासंघसँग सहकार्य हुने गरेको छ । तातोपानी गाउँपालिका जुम्लामा गिडीदह सम्मेलनमा महासंघसँग सहकार्य गरिएको थियो । निकै लामो समयदेखि गुमनाम अवस्थामा रहेको गिडी दहको उजागर भएको छ । गिडीदहको पर्यटन प्रवर्धनका लागि भौतिक पूर्वाधार निर्माण जोड दिने छौँ । यस्तै यसै पालिकामा पर्यटकीय क्षेत्र तातोपानी राधा रहेको उनले बताए । उनले भने यहाँको पर्यटन प्रवर्धन गर्नैका लागि महासंघसँग सहकार्य गरिएको हो ।साभार karlalipostdely.com