जुम्लाका चार माननीयहरु (फोटोसहित)

जुम्ला :  प्रतिनिभि सभामा जुम्लामा चार जनाले प्रतिनिधित्व गर्ने भएका छन् । एक जना प्रत्यक्ष निर्वाचन प्रणाली र तीन जना समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने भएका हुन् । विहीबार चारै जनाले सपथ ग्रहण गरेका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका थिए । यस्तै समानुपातिकमा भने तीन दलबाट तीन जना महिलाले सांसदका रुपमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । नेपाली कांग्रेसबाट चन्ददननाथ नगरपालिकाको निवर्तमान मेयर कान्तिका सेजुवालले त खष भाषामै सपथ लिइन् ।

उनी नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत हुन् । उनी मातृभाषामा सपथ लिने एकमात्र प्रतिनिधि सभा सदस्य हुन् । नेपालको इतिहासमा अहिलेसम्म कसैले पनि खष भाषामा सपथ लिएको लिएन ।

यस्तै राष्टिय स्वतन्त्र पार्टीबाट खसआर्य कोटाबाट विनिता कठायतले सपथ लिएकी छन् । उनी बिहिबारको सपथ ग्रहणमा मिडियामा खुव छाइन, कारण उनले लगाएको पहिरन । उनले परम्परागत पोसाक लगाएकी थिइन् ।

यस्तै माओवादी केन्द्रबाट जनजाति क्लस्टरबाट सांसद बनेकी छिरिङ्गलामु लामा तामाङले आफ्नो पहिचान झल्किने पोसाक लगाएर सपथ लिइन् ।