तिला गाउँपालिका वडा नम्बर ६ रिपीमा गाउँघर स्वास्थ्य क्लिनिक संचालन

जुम्ला: तिला गाउँपालिका वडा नम्बर ६ रिपीमा गाउँघर स्वास्थ्य क्लिनिक संचालन आएको छ । बिहीबार वडा अध्यक्ष जंग बहादुर रोकायाले एक कार्यक्रमका बिच उद्घाटन गरे पश्चात संचालनमा आएको हो । समुदाय स्तारमा स्वास्थ्य कार्यक्रम अन्तरगत पहुच बृद्धिका लागि रिपीमा गाउँघर स्वास्थ्य क्लिनिक संचालन ल्याएको वडा अध्यक्ष रोकायाले बताए ।

उहाका अनुसार प्रत्येक नागरिकले सरल ,सज तरिकाले स्वास्थ्य सेवा पु¥याउन गाउँघर स्वास्थ्य क्लिनिक संचालन ल्याएको जनाए । घोडेमाहादेव स्वास्थ्य चौकीको साझेदारीमा यो कार्यक्रम संचालनमा ल्याइएको हो ।’ सामान्य ज्यरो आउँदा,टाउको दुख्दा सिटामोल लिन घण्टौं हिड्नु पर्ने बाध्यता हटेको अध्यक्ष रोकायाले बताए । सामान्य विरामी हुदा ,चोटपटक लाग्दा जुम्लाकोट ,सुडि धाउँनु पर्ने बाध्यता हटेको निवर्तमान वडा अध्यक्ष भक्त रोकायाले जनकारी दिनु भयो ।

आफु जन्मे खेप्दै आएको दुख अब अनत्य हुँदा र पहिलो सुरुवात मै सेवा लिन पाउँदा खुशीको सिमा नरहेको ७० बर्षिय राबिलाल रावतले बताए । अब प्रत्येक महिनाको एक दिन गर्भवती आमा ,वृद्धवृद्धा, बालबच्चाको चेक जाच र स्वास्थ्य चौकी बाट दैनिक रूपमा वितरण गरिने औषधिहरु पनि उपलब्ध गरिने घोडेमाहादेव स्वास्थ्य चौकीका प्रमुख गणेश नेपालीले जानकारि दिए । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, कर्मचारीहरुको सहभागी रहेको थियो ।