चाडपर्वकाे खर्च जाेहाे गर्न जुम्ला पुगे राउटे मुखिया

जुम्ला : नेपालको लोपोन्मुख राउटे जातीका मुखिया जुम्ला पुगेका छन् । चाडपर्वकाे खर्च जाेहाे गर्न उनीहरू जुम्ला आइपुगेका हुन् ।  उक्त समुदायका दुई जना जुम्ला पुगेका हुन् । अहिले राउटे दैलेखको गुराँस गाउँपालिका–१, मैन खोलामा बस्दै आएका छन् ।

उनीहरू मंगलबार तातोपानी गाउँपालिकाकाे कार्यालयमा पुगेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले उनीहरू गाउँपालिकामा आएकाे बताए ।

`म कार्यकक्षमा थिए । उहाँहरू आउनुभयो । केहीबेर कुराकानी पनि भयाे ।´कठायतले भने,`उहाँहरूले मलाई काठको भाडा (कोशी ) उपहार  दिनुभएकाे छ । खचर्च जाेहाे गर्न आउनु भएकाे रहेछ ।´

दैलेखबाट उनीहरू चार जना हिडेका थिए । गाडीमा यात्रा गर्न समस्या भएका कारण दुई जना कालीकाेटबाटै दैलेख फर्किसकेका छन् । राउटे जातिका मुखिया सुर बहादुर शाही र प्रकाश बहादुर शाही जुम्ला पुगेका हुन् ।

उनीहरूले आर्थिक सहयाेगसमेत मागेकाे बताए । राउटे समुदायका मुखियाहरूलाई कठायतले दस हजार रूपैयाँ उपलब्धसमेत गराएका थिए ।
राउटे परियोजनामार्फत राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार अहिले राउटे दैलेखको गुराँस गाउँपालिका–१, मैन खोलामा बस्दै आएका छन् ।राउटे समुदायको जनसङ्ख्या अब १३५ जना रहेकाे छ ।

०८० कार्तिकमा राउटे समुदायका महामुखिया ६६ वर्षीय महिनबहादुर शाहीको मृत्यु पश्चात राउटेको सङ्ख्या १४१ थियो । यो बीचमा राउटे समुदायका ६ जनाको विभिन्न कारण ज्यान गएको छ ।
अहिले १५ वर्षदेखि ८० वर्ष उमेरसम्मका महिला विधुवा छन् । यस्तै तीन जना एकल पुरुष छन् । यो समुदायभित्र रास्कोटी, कलेल र सोमवंशी छन् । उनीहरूलाई राज्यले भत्तासमेत उपलब्ध गराउँदै आएकाे छ ।