जुम्लाको मिडिया क्षेत्रमा कर्णाली मिसन थप इट्टाको रूपमा आयो।

डिल्ली अन्जान

जुम्लामा गिडिदह मिडिया प्रालिद्धारा संचालिन कर्णाली मिसन अनलाईन पत्रिकाको शनिबारका दिनमा उद्घाटन भएको छ । गाउँपालिका महासंघका केन्द्रिय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणवहादुर शाही र तातोपानी गाउँपालिका जुम्लाका उध्यक्ष नन्द प्रसाद चौलागाईले उद्घाटन गरेका हुन।

उद्घाटन सत्रमा आयोजित कार्यक्रममा बोल्दै लक्ष्मण वहादुर शाहीले मिडिया क्षेत्रको विकास हुनु सबल पक्ष भएको बताए । स्थापना भएका मिडिया हाउसलाई व्यवस्थापन गर्न तर्फ ध्यान  उनले अनुरोध गरे । शाहीका अनुसार, समाजमा लुकेर रहेका विषयलाई पत्रकारले वास्तविक बुझेर बाहिर ल्याउनु पर्ने बताए ।

देशको सत्ता परिवर्तन गराउन सक्ने तागत भएका मिडियाले ससाना कुराका पछि लाग्न नहुने उनको भनाइ छ । अध्यक्ष शाहीले भने, निष्पक्ष पत्रकारीतामा ध्यान दिनु आवश्यक छ । जुम्लाका पत्रकारहरु धु्रविकरण हुनु राम्रो नभएको उनको भनाइ छ । यता तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नन्द प्रसाद चौलागाईले जुम्लाका पत्रकारहरु निष्पक्ष नभएको स्पष्ट पार्य ।

पत्रकार निष्पक्ष र स्वतन्त्र हुनु पर्नेमा राजनीतिक पार्टीका मुख पत्र भएको जस्तो आफुलाई महसुस हुने गरेको उनको भनाइ छ । निष्पक्ष पत्रकारीताले लुकेर रहेका आवाज सडक देखि सदनसम्म पुराउन सहयोग पुराउने चौलागाईले बताए। तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावल (सिमा)ले पत्रकारहरुले निष्पक्षता देखाउन सक्नु पर्ने बताइन । कर्णाली मिसन अनलाईन पत्रिकाले समाजमा लुकेर रहेका आवाज बाहिर ल्याउने काम गर्नेमा आफु आशावादि भएको उनको भनाइ छ ।

कर्णाली मिसन अनलाई पत्रिकाका प्रकाशक सागर परियारले पत्रकारिताका मूल्य मान्यतालाई आत्मसाथ गर्दै तथ्य सूचना, सत्य समाचारका साथ समाज रुपान्तरण, आर्थिक सुशासन, भ्रष्टचार निवारणमा गुणात्मक उपस्थित रहने दृढ संकल्प गरेकी छ्न । उनले भन्नुभयो, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, वातावरणीय पक्षका विविध सवालमा निर्मम भएर लेख्नेमा दुईमत छैन् । भनिन्छ, ‘पत्रकारिता हतारको साहित्य हो ।

तर, हतारको साहित्य भन्दैमा पत्रकारिताको मुल मर्म र धर्मलाई बिर्सेर कसैको उस्काहटमा कोहि कसैलाई उचाल्ने र कसैलाई पछार्ने काम नहुने समेत उनको उद्घोष छ । उद्घाटन कार्यक्रममा तातोपानी गाउँपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत तिर्थवहादुर कठायत, तातोपानी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अमरवहादुर रोकाया, सामुदायिक रेडियो प्रशारक संघ अकोराब कर्णाली प्रदेश अध्यष गोर्खवहादुर थापा, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रवहादुर शाही र लेखक तथा पत्रकार महेश नेपाली लगायतका वक्ताहरुले शुभकामना व्यक्त गरेका छन् । यो अनलाईन पत्रिकाको प्रकाशनमा सागर परियार र व्यवस्थापकमा मानदत्त रावल रहेका छन् ।