जनयुद्धका कमाण्डर दम्पतीको लोभलाग्दो पंक्षीपालन व्यवसाय

जुम्ला : गंगादेवी उपाध्याय उर्फ अस्मिताले जिन्दगीका तीन घुम्ती भोगिन् । एकसमय व्यवस्था परिवर्तनको आन्दोलनमा बन्दुक बोकिन् । अर्को समय यस्तो आयो,आफैले युद्ध लडेर प्राप्त आन्दोलनको बलमा स्थापित व्यवस्थामा जनप्रतिनिधिको भूमिका निर्वाह गरिन् ।

अहिले उनको दैनिकी बितिरहेको छ,पक्षीहरुको स्याहार,हेरचाह र लालनपालनमा । उनका व्यक्ति एक,परिचय अनेक छन् । उनी एक पूर्व जनमुक्ति सेना,निवर्तमान जनप्रतिनिधि र हाल व्यवसायिक कृषक हुन् ।
गंगादेवी वि.स.२०५७ सालमा उनी जनयुद्धमा सामेल भइन् । महिला,विद्यार्थी र पार्टी मोर्चा हुँदै जनमुक्ति सेनाको कम्पनी कमाण्डरसम्म बनिन् । पार्टी खुल्ला राजनीतिमा आएपछि उनले पनि  अवकाश रोजिन् । खुल्ला राजनीतिमा प्रवेश गरिन् ।

    वि.स. २०७४ सालको स्थानीय तह निर्वाचनमा तातोपानी गाउँपालिकाको प्रथम उपाध्यक्ष भएर इतिहास् रचिन् । उपाध्यक्ष हुँदै तातोपानी–४ गौतमबाडामा गौतम कृषि तथा पशुपालन फर्म दर्ता गरिन् । उक्त फर्मको सञ्चालकसमेत हुन् । गंगादेवीले व्यवसायलाई आम्दानी र जिविकोपार्जनको स्रोत र राजनीतिलाई समाजसेवाको माध्यम बनाएकी छन् ।

  गौतम विगत तीन वर्षदेखि व्यवसायिक रुपमा सक्रिय छिन् । ‘म गाउँपालिकाको उपाध्यक्ष थिए । थुप्रै युवाहरु बेरोजगार भएको देखे ।  जहाँ पुग्दापनि बेरोजगारीको अवस्था भयानक थियो । हामीले स्वरोजगारमुलक कार्यक्रमपनि सञ्चालन ग¥यौ । पछि मैले उपाध्यक्ष हुँदै व्यवसाय सुरु गरेको हो’उनले भनिन् ।
आफूले राजनीतिसँगै जिविकोपार्जनको लागि व्यवसाय सुरु गरेको बताइन् । राजनीतिलाई उत्पादनसँग पनि जोड्नुपर्छ भन्ने उद्देश्यले राजनीतिमा जोडिएको गौतमको भनाइ छ । उनले आफू जनप्रतिनिधि हुँदा जनताको सेवा गर्न आफूलाई खुसी लागेको बताइन् ।

       अहिले व्यवसायमा आफू सक्रिय रुपमा लागेको र सन्तुष्ट रहेको पनि जानकारी दिइन् । उनी निन्तरको प्रयासपछि आफू व्यवसायमा  सफल हुँदै गएको बताउँछिन् ।

       उनले सुनाइन,`हामीले हरेक पल व्यवसायलाई दिइरहेका छौँ । बाहिरी दुनियाँमा खास्सै अपडेट हुँदैनौ । व्यवसाय सुरु गर्दा केहीपनि अनुभव थिएन । अहिले गरेर सबै कुरा बुझेका छौ ।´
कमरेड अस्मिताका सारथि कमरेड दीपक
गंगाले हाल जुन व्यवसायिक सफलता हात पारेकी छन् । उनकाे सफलताका अटुट सारथि हुन्, उनका श्रीमान । उनका श्रीमान नहुँदा हुन् त सायदै उनी व्यवसायमा हात हाल्ने थिइन् । श्रीमानकाे ढाडसले व्यवसायमा हात हालिन् ।

उनकै साथमा व्यवसायमा सफलताकाे स्वाद चाख्दै छिन् । उसाे त गंगाका श्रीमानले अहिले मात्रै हाेइन जीवनमा धेरै पलमा उनलाई जिउनलाई साहस दिएका छन् । जनयुद्ध,गाउँपालिकाकाे उपाध्यक्ष हुँदा हाेस या व्यवसाय मै किन नहाेस् ।

उनी भन्छिन्,`जीवनसाथीकाे महत्त्व कति हुन्छ मैले अनुभूति गरेकी छु । दीपक कमरेड नहुनु हुँदाे हाे त म यहाँसम्म पुग्दैन थिए हाेला ।´
हुनपनि उनका श्रीमान लक्ष्मीप्रसाद उपाध्याय व्यवसायमा रातदिन तत्कालीन छन् । गंगा र लक्ष्मीप्रसादले व्यवसायिक क्रान्ति नै गरेका छन् ।

उनी भन्छन्, `नेताहरू कामै नगर्ने तर विलासी जीवन बिताउने पुँजीवादी प्रवृत्ति देखियाे । यस्ताे भ्रम चिर्नपनि हामी व्यवसायमा हाेमिएका हाैँ । यसमा हामीले आनन्द महशुस गरिरहेका छाै ।´
हाल पंक्षीहरूकाे स्याहार गरिरहेका उनले कुनैबेला बन्दुक बाेके । जनयुद्धमा सामेल भएका उनी कर्ममा विस्वास गर्छन् । वि.स.२०३८ सालमा जन्मिएका उनी वि.स.२०५६ सालमा भूमिगत भएका थिए ।

सुरूमा विद्यार्थी माेर्चामा काम गरे । पछि जनमुक्ति सेनामा भर्ती भए ।  बटालियन कमाण्डरसमेत बने । २०६९ सालमा उनले पनि अवकाश राेजे ।

पछि पार्टी राजनीतिमा सक्रिय भए । हाल कर्णाली प्रदेश सचिवालय सदस्य छन् । उपाध्याय पार्टीमा कमरेड दीपक नामले चिनिन्छन् ।
कराेड बढी लगानी, लाखाै आम्दानी
उनीहरुले साढे दुई सय कालिज पालेका छन् । चारसय वटा खुकुरा छ । एकसय पचास वटा हाँस छन् । यस्तै पछिल्लो समय हिमसार जातको कुखुरासमेत गरी करिब एक हजार भन्दा बढी पंक्षी छन् ।


आम्दानीपनि राम्रो भइरहेको उनले बताइन् । मासिक सरदर तीसदेखि चालिस हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताइन् । अधिकतम् दुईदेखि तीन लाखसम्म पनि कमाइ हुने गरेको उनले बताइन् ।
उनको फर्म निर्माणका लागि एक करोड भन्दा बढी लागत खर्च भएको छ । सात वटा अस्थायी घर छन्, पंक्षी संरक्षणको लागि । एकपटक एक लाख ५० हजार पशु कार्यालयबाट अनुदान लिनु बाहेक अन्य कुनैपनि अनुदान नलिएको दीपक बताउँछन्  ।

वार्षिक लाखाै आम्दानी हुन्छ । पंक्षीपालन अलवा उनीहरूले स्याउखेतीसमेत गरिरहेका छन् ।