प्रेस युनियन मुगुको अध्यक्षमा रोकाया

मुगु : नेपाल प्रेस युनियन मुगु शाखाको चौथो जिल्ला अधिबेशन बाट सौर्यकर्मी नन्द बहादुर रोकायाको नेतित्व मा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। चौथो अधिबेशनले नद बहादुर रोकाया नेतृत्वमा १५ जना कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको हो ।

प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाहीको प्रेस प्रमुख आतिथ्यतामा भएको अधिबेशनले अध्यक्षमा नन्द बहादुर रोकाया ,उपाध्यक्षमा हरिकृष्ण एडि (खुल्ला) र समावेसी उपाध्यक्षमा ज्ञानी माया भाम एडि ,सचिबमा नवराज रावल सह-सचिबमा दिपा भण्डारी ,कोषाध्यक्षमा सबिना भाम चयन भएका छ्न ।

भने सदस्यहरुमा रबि हमाल,कृष्ण बोहरा ,सोनाम लामा असल शाही,सक्क बुढा , नन्द सिङ रोकाया निर्विरोध निर्वाचित भएका छ्न । रोकाय बिगत ११ बर्ष देखि पत्रकारिता गदै आउनु भएको छ  ।  ५बर्ष देखि सौर्य दैनिक पत्रीकामा मुगु जिल्ला सवाददाताका रुपमा काम गर्दै आएका छन् । रोकाया हिमालय टेलिभिजनमा कार्यरत छन् ।