नेपाल–प्रवास एकीकृत युवा मञ्च जुम्ला शाखाको नयाँ सञ्चालक समिति गठन

जुम्ला । नेपाल–प्रवास एकीकृत युवा मञ्च जुम्ला शाखाको नयाँ सञ्चालक समिति घोषणा गरिएको छ। विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र समाजप्रति उत्तरदायी भई योगदान पुर्‍याउने उद्देश्यसहित गठन गरिएको यस शाखामा विभिन्न क्षेत्रका युवाहरू संलग्न रहेका छन्।

घोषित समितिअनुसार संयोजक एवम् अध्यक्षमा हाल युएईमा रहनुभएका बरमराज कामी (रेशम अनुराग) चयन भएका छन्। उपाध्यक्षमा जुम्लाकै सञ्चारकर्मी तथा रेडियो नारी आवाज स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने र कोषाध्यक्षमा जुम्ला दर्पणका कार्यकारी सम्पादक शुभाकर विश्वकर्मा रहेका छन्।

त्यसैगरी, सचिवमा नेपाल टेलिभिजन जिल्ला रिपोटर डिल्लि कामी, सह–सचिवमा हाल बराईनमा कार्यरत डिल्लि बहादुर बि.सी., सदस्यहरूमा गोकर्ण सुनार (दुबई), बालराम न्यौपाने (जापान), हिमाल खड्का (दुबई), सुरेन्द्र विश्वकर्मा (जुम्ला, इन्जिनियरिङ अध्ययनरत), राजु नेपाली (जापान) र पार्वती तिरुवा (जुम्ला) रहेका छन्।

मञ्चको सल्लाहकार समितिमा समाजसेवी तथा जुम्ला दर्पणका सह–सम्पादक प्रकाश बी.के. र हाल दुबईमा रहनुभएका मुन प्रसाद पराजुली र दिगो पोस्ट जुम्लाकि सम्बादाता देवकी खत्री रहेका छन्।

नवगठित समितिलाई मञ्चका पदाधिकारी तथा युवाहरूले सफल कार्यकालका लागि शुभकामना दिएका छन्। जुम्लाको सामाजिक, शैक्षिक, सांस्कृतिक र आर्थिक विकासमा युवाको सक्रियता आवश्यक रहेको भन्दै मञ्चले प्रवास र स्वदेशबीच सेतुको भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

“जय जुम्ला, जय युवा, जय युवा मञ्च” भन्ने नारासहित सुरु गरिएको यो अभियानले नयाँ उर्जा र प्रेरणा जगाउने अपेक्षा गरिएको छ।