रेशम अनुराग -जुम्ला
घरघरमा माओवादी जनजनमा माओवादीको नारा सहित नेकपा माओवादी केन्द्रले चालेको तीन महिने अभियान अन्तर्गत जुम्लामा पालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ ।
भाद्र १६ गते देखि हुने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको सबै पालिकाका बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न पालिकाहरूका बैठक र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको हो । जुम्ला जिल्लाको तातोपानी गाउँपालिकामा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज छिमि लामाले सुशासनको युद्ध अभियानको रुपमा जुम्ला उत्कृष्ट जिल्ला काे रुपमा उभिन सवै पालिकालाई आग्रह गर्नु भयो । १६ गते सुशासनको युद्धको रूपमा अगाडि बढाउने र जनयुद्धको दोस्रो लडाइँका रुपमा यसलाई लिइएको उहाँको भनाई छ । जनयुद्ध जन आन्दोलन बलमा व्यवस्था बदल्ने गरिएको थियो भने अब अवस्था बदल्न लाग्नु पर्ने बताए । अवस्था र व्यवस्थाका कारण बिचको द्धन्द्धलाई आमूल परिवर्तन गराउने र केही साथिले जुम्ला मा अभियान चलाउन कठिन अवस्था छ भने तर जुम्ला भनेकाे र सुनेकाे भन्दा फरक पायाे सहजै अभियान लाई हाक्न मलाई कठिनाई छैन इन्चार्ज लामाले वताए ।
७० वर्षको उमेरमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि नयाँ कामको थाल्नी गर्नु भएको त त्यो जोखिम लिनु भएको र त्यसलाई सबैले साथ दिनु पर्ने छ । अहिले भ्रष्टाचार विरुद्धको गाडी हाँकी रहनु भएको र त्यसको ड्राइभर सिटमा बस्नु भएको र दलालहरूले बम बारुद, ढुङ्गा हानी रहेको समेत उनकाे भनाई छ ।
यस्तै आयोजित कार्यक्रम बोल्दै प्रधानमन्त्री का सल्लाहकार प्रखर बक्ता उदाउदा युवा नेता रामदिप अाचार्य ले जुम्ला पाटिलाई सतहमा लैजान र नेतृत्व छनाेट गर्ने सवाल कुनै महाभारत हाेईन ।देशमा थुपारिएको भ्रष्टाचारको जालो च्यात्न अहिले प्रचण्ड नेतृत्वको सरकार लागेको बताउनु भयो । उनले भन्नु भयो माओवादीबाट जुनसुकै काण्डमा नेताहरू मुछिए जेल जान तयार हुनुपर्छ ।
यस्तै अायाेजित कार्यक्रम का सभापति एवम जिल्ला सयाेजक वीर बहादुर कुँवर सुरेश पहाडीले प्रचण्ड नेतृत्वको सरकारले व्यापारका नाममा अवैधानिक तरिकाले तस्करीका काम गरिरहेकका भुटानी शरणार्थी वनाउने लाई जेल हाल्ने जस्ता जनजनले प्रशंसा गर्न याेग्य कार्य माअाेवादि नेतृत्वको सरकारले गरेकाे छ ।
सुशासन र समृद्धिको योजनामा माओवादी रहेकाले सुन काण्ड, गिरिबन्धु, ललिता निवास लगायतका घटनालाई सत्य तथ्य छानबिन गरिने ।
सरकारले राम्रो गरेका कारण टुक्रिएका विप्लपपनि माओवादी एक हुनुपर्छ भन्ने बाटोमा आएको कुँवरले वताए ।
कार्यक्रममा केन्द्रीय कमिटी सदस्य एवम पालिका सयाेजक प्रभात चलाउने, वीर बहादुर रावत , डा .कल बहादुर राेकाया नवराज न्याैपाने लगायत अाठैवटा पालिका सयाेजकले सम्बोधन गर्नु भएको थियो ।
जुम्ला दर्पण । १२ भाद्र २०८०, मंगलवार २२:०२