जुम्ला : जिल्लाकाे ताताेपानी गाउँपालिका वडा नं ६ हियाखाेला स्थित कालिका आधारभुत विद्यालयमा क्षति भएकाे छ । शनिवार दिउँसाे चलेकाे हावाहुरीले उक्त विद्यालयमकाे दुई काेठे कच्ची भवनमा क्षति भएकाे हाे ।
हावाहुरीले कक्षा काेठाकाे पर्खाल चर्किएकाे छ । पखर्खालमा समेत क्षति भत्किने खतरा भएकाे विव्यस अध्यक्ष डिल्ली कामीले बताए । उनका अनुसार पर्खाल चर्किएपछि भत्किने जाेखिमले पठन पठन प्रभावित भएकाे छ ।
भवनकाे अभाव भएपछि एउटै भवनलाई बार लगाएर पठाउने गरेका थियाै । उनले भने,’शनिवारकाे हावाहुरीले पर्खाल चर्किएकाे छ । हावाले जस्ता पाता पनि उडाएकाे छ ।
पर्खाल भत्किने,चुहिने जाेखिमले पठन पाठन प्रभावित भएकाे छ । भवन अभावले समस्या छ ।’ कालिमा आधारभुत विद्यालयमा हाल १३१ जना विद्यार्थी छन् ।
जुम्ला दर्पण । १७ चैत्र २०८०, शनिबार १९:२०