आँखा शिविरको दोस्रो दिनमा एक सय १६ जनाको अप्रेशन

जुम्ला । चन्दनाथ आँखा अस्पताल जुम्लामा मंगलबारदेखि तिन दिने निःशुल्क आँखा अप्रेशन शिविर संचालन भैरहेको छ । शिविरको दोस्रो दिन बुधबार दुई सय १३ जनाको आँखा जाँच सहित एक सय १६ जनाको मोतियाबिन्दुको सफल सल्यक्रिया समेत भएको छ ।

शिविर सुरु भएको दुई दिनमा मात्र दुई सय ९ जनाको अप्रेशन भएको एकीकृत आँखा कान तथा स्वास्थ कार्यक्रम कि जिल्ला संयोजक मिना आचार्यले जानकारी दिनु भएको छ । उहाका अनुसार शिविरमा मोतियाबिन्दु बाट जटिल अवस्था भएका बिरामीले निस्शुल्क सेवा पाएका छन् ।

नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसिपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले शिविरको आयोजना गरेको हो । नेत्रविशेषज्ञ डा।सन्तोष सुबेदी र डा.विश्वराज तिमल्सिना नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिइरहेको छ भने शिविर बिहीबार सम्म संंचालन हुने छ ।