जुम्लामा साेमबार (असाेज १४) गते सार्वजनिक विदा

जुम्ला : जुम्लामा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाका दिन सार्वजनिक विदा दिइएकाे छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय वीरेन्द्रनगर सुर्खेतले एक विज्ञप्ति जारी गर्दै असाेज १४ गते जुम्लामा मात्रै सार्वजनिक विदा दिएकाे हाे ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै असोज १४ गते सोमबारका दिन चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (असोज कृष्ण त्रयोदशी) को अवसरमा जुम्लामा विदा दिने जनाएकाे छ ।

मन्त्रालयकम प्रवक्ता उत्तम गाैतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा जुम्ला जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएकाे छ ।

जुम्लामा हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो बाेक्ने गरिन्छ । यो मन्दिरमा वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो खडा गर्ने चलन छ।

एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो र ५२ हातकै नेजा राख्ने चलन रहेको छ । घटास्थापनाकै दिन  भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखिनेछ। भाेली विहान ३:०० बजे लिङ्गो सुरू गरिनेछ