शुभाकर विश्वकर्मा,जुम्ला
चन्दननाथ नगरपालिकाका नगर शिक्षा प्रमुख खडानन्द चाैलागााई र चन्दननाथ माविका प्रधानाध्यापक टंकबहादुर महतबीच कुटाकुट भएकाे छ । बुधबार नगरपालिकाबाट अनुगमनका लागि विद्यालयमा गएका चाैलागाई र महतबीच हात हालाहाल भएकाे हाे ।
नगरपालिकाबाट विद्यालयमा अनुगमनका लागि गएकाे टाेलीकाे नेतृत्व गरेका चाैलागाई र प्रअ महतबीच उनकाे कार्यकक्षमा विवाद भएकाे थियाे । अनुगमनकाे विषयमा विवाद हुँदा दुवैपक्षबीच हात हालाहालकाे स्थिति सिर्जना भएकाे हाे । यद्यपि चाैलागाई र महतले पहिला आफूमाथि हातपात भएकाे दाबी गरेका छन् ।
नगर शिक्षा प्रमुख चाैलागाईले आफूहरू अनुगमनका स्कुलमा जाँदा प्रअ महतकाे कार्यकक्षमै आफूमाथि कुटपिट भएकाे लगाए । यता चन्दननाथ माविका प्रअ महतले चाैलागाईले आफूमाथि हातपात गरेकाे बताएका छन् । जुम्लादर्पणसँग कुराकानी गर्दै महत र चाैलागाईले एकअर्काले कुटपिट गरेकाे आराेेप लगाएका छन् ।
` हामी अनुगमनमा गएका थियाै । प्रअकाे कार्यकक्षमा ममाथि कुटपिट भएकाे हाे । मुख्य त प्रअ हुन् । अन्य शिक्षकले समेत कुटे,´चाैलागाई भन्छन्,`मलाई कार्यकक्षबाट बाहिर धकेलेर निकालियाे । मलाई हानियाे । अराजकता देखाईयाे । स्थिति तनावग्रस्त भएपछि हामी बाहिर निस्कियाै ।´
विद्यालयमा भएकाे विवादकाे विषयमा चन्दननाथ नगरपालिकाका नगर प्रमुखकाे कार्यकक्षमा छलफलकाे लागि बाेलाउँदासमेत नआएकाे उनकाे भनाइ छ । विवादकै विषयलाई लिएर प्रअले विद्यार्थीलाई विराेध गर्न लगाएकाे र अनावश्यक विषयमा भ्रम फैलाएकाे उनकाे भनाइ छ ।
यता, चन्दननाथ माविका प्रअ टंकबहादुर महतपनि नगर शिक्षा प्रमुख चाैलागाईले आफूमाथि हातपात गरेकाे बताउँछन् । मलाई आफैमाथि हातपात भयाे । पछि बाहिर गए । अनि निकालियाे भन्ने भन्दै झुठाे बाेलेकाे उनकाे भनाइ छ । नगर शिक्षा समितिकाे आठ जनाकाे टाेलीका बीच कुटपिट गरिएकाे महतकाे दाबी छ ।
जुम्ला दर्पणसँगकाे कुराकानीमा उनले चाैलागाईमाथि विभिन्न संघीन आराेपसमेत लगाएका छन् ।
टाेलीले सिधै भर्ना रजिस्टर मागेपछि विवाद भएकाे उनकाे भनाइ छ । आफूमाथि नै हातपात भएपछि विद्यार्थीहरूले नगरमा गएर विराेध गरेकाे उनले स्वीकार गरे ।
`नगरपालिकाकाे टाेली अनुगमनमा आएकाे थियाे । सामान्य मनमुटाव भयाे । पछि नगरपालिका बाेलाए । एक्लै भएकाेले म गइन ।´ उनले भने, `मेराे कार्यकक्षमै आएर नगर शिक्षा प्रमुखले हातपात गर्न खाेजे । कार्यकक्षमा म एक्लै थिए । पछि विव्यसकाे टाेली आएपछि उनीहरू गए ।´
पछिल्लाे समय चन्दननाथ नगरपालिकाले विद्यालय मर्च गर्ने,शिक्षक व्यवस्थापन र प्रअ मिलान गर्ने याेजना अघि सारेकाे छ । साेही क्रममा चन्दननाथ माथिमा नगर शिक्षाकाे टाेली अनुगमनमा गएकाे थियाे ।
नगर शिक्षा स्राेतका अनुसार नगरपालिकामा १९ विद्यालय छन् । चन्दननाथ माविमा पनि अनुगमनमा जाँदा विवाद भएकाे हाे ।
नगर शिक्षाकाे अनुगमन टाेली सदस्य आनन्द अधिकारीलेले दुवै जनाबीच कुराकानी गरिरहेकाे बेलामा तत मम भएकाे बताए । उनका अनुसार पछि दुवैपक्षबीच हानाहान भएकै हाे । गल्ती चन्दननाथ माविकाे भएकाे उनकाे भनाइ छ ।
जुम्ला दर्पण । ३ जेष्ठ २०८१, बिहीबार २०:४१