पर्यटकीय गन्तव्य `गुठीचाैर उपत्यका´मा प्याराग्लाइडिङ परिक्षण उडान

जुम्ला : जिल्लाकाे गुठीचाैर गाउँपालिका वडा नम्बर २ स्थित गुठीचाैर उपत्यकामा प्याराग्लाइडिङ परिक्षण उडान सम्पन्न भएकाे छ ।

जुम्लाकै प्रमुख पर्यटकीय स्थलकाे रूपमा रहेकाे गुठीचाैरमा प्याराग्लाइडिङ परिक्षण उडान सम्पन्न भएकाे हाे । परिक्षणका क्रममा ९ वटा फ्लाइट भए ।

गाउँपालिकाकाे आयाेजनामा बाबू एभभान्चर प्रा.लि.स्याङ्जाले सफल रूपमा परिक्षण गरेकाे हाे । प्याराग्लाडिङ ३ हजार ३ सय मीटर उचाईबाट उडेकाे थियाे । गुठीचाैर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले गाउँपालिकाले नवीन कुराकाे प्रारम्भ गरेकाे बताए ।

उनका अनुसार साहसिक खेदकाे रूपमा रहेकाे प्याराग्लाडिङलाई उत्पादन र राेजगारीसँग जाेड्न खाेजिएकाे छ । `आज परिक्षण सफल भएकाे छ । नवीन कार्य प्रारम्भ भयाे । याे याेजना निरन्तरता दिइनेछ ।´ अध्यक्ष बुढाले भने ।

अब सबैभन्दा जनशक्ति उत्पादन गरिने उनकाे भनाइ छ । छिट्टै कानुनी संरचना तयार गर्ने अध्यक्ष बुढाले बताएका छन । प्लाराग्लाइडिङलाई व्यवसायिक बनाउने र रारापछि गुठीचाैरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेमा जाेड दिएका छन् ।


प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे प्याराग्लाइडिङलाई अर्थतन्त्र सुधारमा जाेड्नुपर्ने बताए । परिक्षण उडानमा प्याराग्लाइडिङ समेत गरेका घिमिरेले गुठीचाैरलाई पर्यटककाे गन्तव्य बनाउनुपर्नेमा जाेड दिए ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले गाउँपालिकाे नमुना कामकाे सुरूवात गरेकाे र यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

बाबू एभभान्चर प्रा.लि.स्याङ्जाका सञ्चालक सानुबाबु सुनुवारले जुम्लाकाे गुठीचाैर प्याराग्लाइडिङकाे प्रचुर सम्भावना रहेकाे ठाउँ रहेकाे बताए ।

गुठीचाैर साहसिक खेलकुदकाे सम्भावना रहेकाे क्षेत्र भएकाे सुनुवारकाे भनाइ छ । अबकाे दस वर्षमा गुठीचाैर प्याराग्लाइडिङकाे हब बनाउने र मल्टि एडभेन्चरकाे क्षेत्रकाे रूपमा विकास गर्न गाउँपालिकाकाे सहकार्य जरूरी रहेकाे बताए । उक्त अवसरमा जिल्लास्थित सराेकारवाला,गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीकाे सहभागीता रहेकाे थियाे ।