जुम्ला : तातोपानी-४ काे आयाेजनामा पहिलाेपटक २०७९ असाेज ४-६ गतेसम्म प्रथम गिडीदह सम्मेलन भयाे । गिडीदहकाे प्रचारप्रसार,प्रवर्द्धनका लागि सम्मेलन आयाेजना गरिईकाे थियाे ।
सम्मेलनका क्रममा ऐेतिहासिक रूपमा ८४ जना एकैपटक गिडीदह पुगेका थिए । गिडिदह किनारमै गिडिदह सम्मेलन गरि घाेषणा पत्र जारी गरिएकाे थियाे ।
उक्त सम्मेलन आयाेजना भएकाे दुई वर्ष पूरा भएकाे छ । सम्मेलन भएकाे दुई वर्ष पुगेकाे अवसरमा तातोपानी गाउँपालिका वडा नम्बर ४ ले पत्रकार सम्मेलन गर्दै प्रगति प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
वडाअध्यक्ष अमर बहादुर राेकायाका अनुसार दुई वर्षकाे अवधिमा गिडिदहकाे पूर्वाधार विकास,प्रचार प्रशारण,पदमार्ग निर्माण लगायतका संरचना बनाउने घाेषणापत्रनुसार पालिकाकाे लगानीमा विभिन्न काम गरेकाे छ ।
उनले समुद्री सतहदेखि ३५८४ मिटर उचाईमा अबस्थित गिडिदहकाे प्रर्वद्दन गरी आर्थिक समृद्दि र राेजगारी सृजना गर्ने लक्ष्य सहित ताताेपानी अघि बढी रहेकाे बताए । गिडीदहकाे विकास र प्रवर्द्धनका लागि सात वडा महत्त्वपूर्ण काम सम्पन्न गरिएकाे वडाअध्यक्ष राेकायाले बताए ।
गिडीदहकाे प्रचारप्रसारका लागि आयाेजना गरिएकाे गिडिदह सम्मेलन, २०७९ पहिलो प्रयास भएकाे उनकाे भनाइ छ । त्यसपछि २०७९ मा तालको नापजाँच सम्पन्न भएकाे छ ।
नापजाँच अनुसार हाल तालकाे लम्बाइ १५१० मीटर,चैडाइ, ३१० मीटर र गहिराइ ४२.८ मीटर रहेकाे छ । यस्तै त्यहाँसम्म पुग्नकाे लागि पदमार्ग निर्माण गरिएकाे छ ।
पर्यटकहरुको आवत जावतमा सहजताका लागि आ.व. ०८०/०८१ मा गिडिदह धर्मशालादेखि पाटनसम्म करिब ५३ सय मिटर पदमार्गको निर्माण कार्य सम्पन्न वडा नम्बर ४ ले जनाएकाे छ ।
गिडीदह प्रवर्द्धन कार्यक्रमका लागि सूचना पाटर्टी स्थापनादेखि मायाकाे चिनाे प्रदान सम्पन्न भएकाे छ । वातवरणीय प्रभाव मुल्याँकन र धर्मशालासमेत निर्माण गरिएकाे छ ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई,उपाध्यक्ष रेवती रावल,प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायत लगायत जिल्लास्थित पत्रकारहरुकाे सहभागितामा प्रगति सार्वजानिक गरिएकाे हाे ।
जुम्ला दर्पण । ३० असार २०८१, आईतवार ०८:१०