जुम्लामा यसरी मनाइयाे साउने संक्रान्ति (फाेटाेफिचर)

जुम्ला :साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामिण समाजका लागि विशेष दिन । यस दिनलाई ‘लुतो’ फाल्ने दिनको रुपमा लिन्छ ।
साउने संक्रान्ति सबैतिर मनाइने भएपनि यसका विधि एवं प्रक्रियामा एकरुपता पाइदैन । धेरैजसो भेगमा भने यस दिन आफ्नो खेतबारीमा उत्पादन भएका वा पाकेका फलफूल चढाउने, कतिपय औषधिजन्य वनस्पतिलाई घरमा सजाउने गरिन्छ । त्यसपछि ‘उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा सुविकाल आइज’ भन्दै अगुल्टो फ्याक्ने प्रचलन छ । वर्षायामसँग हैजा, घाउ–खटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस् भनेर कामना गरिन्छ ।