दर्पण संवाददाता,जुम्ला
जुम्लाको बुलबुलेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार विहान भएको जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डियसपी नरेन्द्र चन्दका अनुसार मृत्यु हुनेमा रारा छायाँनाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् ।
आइतबार बिहान जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा लु १ ज ३७३४ नम्बरको जीप दुर्घटना हुँदा उनको मृत्यु भएको उनले बताए । उक्त बस सुर्खेतबाट मुगु जादै थियो ।
दुर्घटनामा घाइते हुनुभएका गाडी चालक दल बहादुर बुढा गम्भीर रहेको उनले बताए । घाइत बुढाको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।
जुम्ला दर्पण । १५ श्रावण २०७९, आईतवार १३:४७