माओवादी केन्द्र जुम्लाकाे शुभकामना आदानप्रदान सम्पन्न

जुम्ला : नेपाल कम्युनिस्ट पार्टी (माओेवादी केन्द्र) जिल्ला समन्वय समिति जुम्लाकाे आयाेजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ। विजय दशमी तथा शुभदिपावली २०८१ काे उपलक्ष्यमा केन्द्रकाे आयाेजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त अवसरमा बाेल्ने अधिकांश वक्ताले पाटर्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जाेड दिएका थिए । शुभकामना आदानप्रदान कायर्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओेवादी केन्द्र) जिल्ला समन्वय समिति जुम्लाकी सह-इन्चार्ज तथा केन्द्रीय सदस्य गाेमा गाैतम कुवँरले आपसी द्वन्द र बेमेलका कारण लामो संघर्षबाट स्थापित एजेन्डाले हार्ने अवस्था आएकाे बताइन् ।

उनका अनुसार अहिलेकाे व्यवस्था जनयुद्धको उपज हाे ।  जनताकाे बृहत् हित र विकासका लागि पूर्ण समानुपातिक र कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्नेमा उनले जाेड दिइन् । सम्पूर्ण कार्यकर्ताले महत्त्वपूर्ण चाडपर्वहरू सर्वहारा शैलीमा चाडपर्व मनाउनुपर्ने बताइन् ।

गुठीचाैर गाउँपालिकाका पुर्वअध्यक्ष तथा पार्टी नेता हरिबहादुर भण्डारी पार्टीकाे सर्वाेतम् हितका लागि  कार्यकर्ता सचेत हुनुपर्ने बताएका थिए । बैकल्पिक केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताइन् ।

जसकाे नीति, उसकै नेतृत्व भन्ने भनाइलाई मध्यनजर गर्दै उनले जुम्लामा माओवादीकाे विकल्प नरहेको बताइन् । बैकल्पिक केन्द्रीय सदस्य चन्द्रबीर तिरूवा `रविकिरण´ले राजनीतिक कार्यदिशा सही हुनुपर्नेमा जाेड दिए ।`पार्टी जीवनमा केही समस्या छन् । गम्भीर हुनुपर्ने बेला आयाे । पार्टी एकताबद्ध बनाउनुपर्छ ।´, उनले भने ।
नेकपा एमाले जुम्लाका सचिव मानबहादुर राेकायाले
चुनाव कम्युनिस्टमय जिल्ला बनाउन आवश्यक रहेकाे बताए । सबै पार्टीहरू मुद्वामा कटिबद्ध हुनुपर्ने बताएका थिए ।
उनले भने,`फरक विचारकाले जिते । आन्दोलन प्रतिकाे अवमूल्यन हाे । आगामी दिनमा सहकार्य गरेर जान एमाले तयार छ´

कायर्यक्रमका सभाध्यक्ष नेपाल कम्युनिस्ट पार्टी (माओेवादी केन्द्र) जिल्ला समन्वय समिति जुम्लाका संयाेजक नवराज न्याैपाने `विमुख´ले मिसन ८४ नभएर मिसन समाजवाद रहेकाेमा जाेड दिएका थिए ।