खस भाषामा निमार्ण गरिएको देउडा गीत ‘टिम्क्या’ सार्वजनिक

मुगु : खस भाषामा निमार्ण गरिएको चन्द्र प्रकाश बढुवालको मौलिक लोक देउडा गीत ‘टिम्क्या’ सार्वजनिक भएको छ । टिका सानुको युुट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको देउडा गीतले दर्शकको मन जित्दै गएको छ ।

रंगमञ्चमा रमाउने सबै दर्शकहरुले उक्त गीतलाई मन पराई राम्रो मौलिक देउडा गीत भएको बताउँदै आएका छन् । दर्शकहरुले ‘टिम्क्या’ नामक देउडा गीतमा टिकटक बनाई मनोरञ्जन समेत लिने गरेको पाइन्छ ।

टिम्क्या भन्नलाले सबैको नजरमा पर्ने मात्तिएको अझ भनौ बैंस चढेको केटी भनेर बुझ्न सकिन्छ । टिम्क्याको कथा बस्तुमा आधारित लोक देउडामा सबैको नजरमा पर्ने मात्तिएको बैंस चढेको केटीले सामाजिक रुपमा माया पिरतिमा दोहोरोपन देखाउने गरेको हुनाले त्यसको पछि नलाग्न सन्देश गीतमार्फत दिईएको पाइन्छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा गाइने यस्ता लोक देउडा भाकाले मनोरञ्न मात्र दिएका हुँदैन । समाजमा हुने विभिन्न किसिमका सामाजिक क्रियाकलापको सन्देश पनि दिएका हुन्छन् । त्यस्तै सन्देश दिन मुगुको छायाँनाथ रारा नगरपालिका– १० तल्लेखमा जन्मिएका गायक चन्द्र प्रकाश बढुवालको ‘टिम्क्या’ नामक खस भाषाको देउडा गीत बजारमा आएको हो ।

गायक बढुवालको पहिलो प्रस्तुतिका रुपमा रहेको टिउक्त गीतले मनोरञ्जन मात्र दिएको छैन । सामाजिक सन्देश पनि दिएको पाइन्छ । गायक बढुवाललाई गायिका इरानी सुन्दरी भामले आवाजमा साथ दिएकी छन् भने शब्द र संगीत चन्द्र प्रकाश बढुवालकै रहेको छ ।

त्यस्तै प्रवेश बढुवालले पनि शब्द संगीतमा साथ दिएका छन् । गीतको भिडियोमा चर्चित दोहोरी गायिका टीका सानु, सक्किगोनीका कविराज भाम मान्ठा र चर्चित गजलकार साथै उदायमान कलाकार हिक्मत शाही क्षितिज लगायतले अभिनय गरेका छन् ।

हिक्मत शाही क्षितिजको कथा बस्तुमा निर्मित उक्त गीतको निर्देशन भने बिनोद बमले गरेका छन् । टिम्क्या गितका रचनाकार गायक चन्द्र प्रकाश बढुुवाल शिक्षक पेशामा पनि आवद्ध रहि अन्य साहित्यमा पनि उत्तिकै रुचि राख्दै आएका छन् । बढुवालले गजल, मुक्तक, कविता समेत लेख्ने गरेका छन्