जुम्ला-सिंजा गाउँपालिकाले १६ औँ बजेट अधिवेशनमा बजेट र नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले कुल ४७ करोड २२ लाख ३५ हजार ७ रुपिया बजेट गाउँ सभामा पेश भएको हो ।
गाउँपालिकाको बजेट ४५ करोड ८९ लाख ६१ हजार ६५२ रुपियाँ, ४५ पैसा रहेको छ । यस्तै गैरसरकारी संस्था पेस नेपाल जुम्लाको एक करोड २२ लाख ८८ हजार ३५५ रुपियाँ र क्याड नेपाल जुम्लाको ९ लाख ८५ हजार रुपियाँ बजेट रहेको गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष तीर्थ वडले बताए । उनले भने, बजेट अहिले गाउँ सभामा पेश भएको छ । अर्काे वैठकमा नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन गर्ने तयारी गएको छ

जुम्ला दर्पण । १० असार २०८२, मंगलवार १९:४२