डाँडाकोट गाउँको पीडा : विद्युतका कर्मचारी काटिदिए,सिंगो गाउँ नै अन्धकार

जुम्ला : नेपाल विद्युत प्राधिकरण शाखा जुल्लाका कर्मचारीले लाइन काटिदिएपछि चन्दननाथ नगरपालिका–३ डाँडाकोट गाउँ अन्धकारमय भएको छ । सोमबार विहान प्राधिकरणका कर्मचारी र स्थानीय सिंह सार्कीवीच मीटर जडानका विषयमा सामान्य विवाद भएको थियो । स्थानीय सार्कीसँग भएको सामान्य विवादले रिसले चुर भएका कर्मचारीले लाइन काटिदिएपछि सिंगो गाउँ नै विद्युत विहीन भएको हो ।

सोमबार विहान प्राधिकारणका कर्मचारी र सार्कीको मीटरका विषयमा विवाद भएको थियो । सार्कीले कर्मचारीलाई मिटर घर भित्र राखिएको विषयमा कर्मचारीलाई प्रश्न गरेका थिए । स्थानीय राजन नेपालीका अनुसार उनीहरुबीच सामान्य विवाद भएको थियो । उनले प्राधिकरणले वडा नम्बर ३ मा रहेका चार बस्ती मध्ये डाँडाकोटमा मात्रै विद्युतको लाइन काटिएको बताए ।

उनले बिना जानकारी नेपाल विधुत प्राधिकरणले बत्तीको लाइन अबरुद्ध गराएको र सिंगो गाउँ अन्धकार भएको बताए । डाँडाकोट दलित समुदायको बाहुल्य बस्ती हो । बुढ्थापाबाडा र खोलीकोटमा समेत बत्ती छ । दलित समुदायमा मात्रै बन्द गरिएको छ । यो विभेद हो उनले भने । त्यहाँ ११० जना भन्दा धेरै घरधुरी रहेका छन् ।
‘सार्कीको घरमा मीटर हाल्न खोजेछन् । यसरी विना जानकारी काम गर्नुभएन भन्दा विवाद भएको थियो । अहिले हामीसँग पैसा छैन भन्दा विवाद भएको हो । उनीहरु पाँच जनाको टिम थियो । विहान जान वित्तिकै लाइन बन्द गराई दिएछन् । विहान ११ बजेदेखि बत्ती गएको हो । अझै आएको छैन । ’ जुम्लादर्पण सँग कुराकानी गर्दै उनले भने । आफूले कार्यालयमा फोन गर्दासमेत राम्रो रेन्पोन्स नभएको नेपालीको भनाइ छ । हाकिमले समेत फोन उठाएका छैनन् । मोबाइल पनि अफ गरेका छन् ।

चौतर्फी विवाद भएपछि प्राधिकरणले मिटर जडानको लागि भन्दै सूचना जारी गरेको छ ।