हिमा सरकारका सय दिन : विवादित वडा सञ्चालनदेखि आँखा उपचार केन्द्र उद्घाटनसम्म

जुम्ला : जुम्लाको हिमा गाउँपालिकाले १ सय दिनको प्रगति सार्वजनिक गरेको छ । नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा गाउँपालिकाले कार्य प्रगति सार्वजनिक गरेको हो ।


नेपाल पत्रकार महासंघ जुम्ला शाखाको सभाहलमा आयोजित कार्यक्रममा हिमा सरकारका १ सय दिनको अवसर पारी हिमा गाउँपालिकाले प्रकाशन गरेको हिमा बुटेलिन सार्वजनिक गरिएको अध्यक्ष लक्ष्मणराज शाहीले बताए ।

उनका अनुसार जनताको अपेक्षा पुरा गर्न १ सय दिनमा आफूहरुले भरपुर प्रयास गरेको बताएका छन् । हिमा गाउँपालिकाका प्रवक्ता रतन शाहीका अनुसार १ सय दिनको अवसरमा दर्जनौ राम्रा काम गरेको उनले बताए । उनले गाउँपालिकाले १ सय दिनमा लामो समयदेखि विवादित अवस्थामा रहेको वडा नम्बर ४ को वडा कार्यालय सञ्चालनमा ल्याउन सफल भएको बताए ।

नमुना कृषक सम्मान कार्यक्रम अन्तर्गत कालो तिरुवालाई सम्मान गरिएको, ९ हजार विरुवा रोपिएको प्रवक्ता शाहीले बताए । गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको समेत उनले बताए । महत्वपूर्ण उपलब्धीको रुपमा आँखा उपचार केन्द्र उद्घाटन गरिएको उनको भनाइ छ । हिमा गाउँपालिकाका सम्पूर्ण जनताको साथमा हुने उनले बताए ।

यस्तै हिमा गाउँपालिकाका ३२८ जनाको स्वास्थ्य बीमा गरिदिने योजना रहेको र दुई वटा विद्यालयमा डिजिटल हाजिरी सुरु गरिएको प्रवक्ता शाहीले बताए ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मणराज शाहीले आफूले कार्यकाल सम्हालेपछि जनताको हितमा काम गरेको बताए । जेष्ठ ६ गते आफूले कार्यभार सम्हालेदेखि शुसासन र पारदर्शितालाई जोड दिएको बताएका थिए ।