जुम्ला : ठिक १८ वर्ष भयाे,कर्णाली राजमार्ग सञ्चालनमा आएकाे । वि.स.२०६३ चैत ३० दिन सुर्खेतबाट पहिलोपटक जुम्लामा गाडी पुगेकाे थियाे । राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको हाे ।

पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालिकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्न २३३ किलाेमिटर दुरी पार गर्नुपर्छ । कर्णाली क्षेत्रबाट नेपालको अन्य भूभागसँग जोड्ने एक मात्र प्राथमिक सडक हो।
वर्षौंदेखि यातायातबाट विमुख कर्णालीका जनताले सडक सञ्चालनमा आएपछि गौरव महसुस गरेका थिए । तर, बर्सेनि हुने सडक दुर्घटनाले गर्दा त्रास र निराशा बढाएको छ । प्रत्येक वर्षको पहिरोले सडक अवरुद्ध गर्दै यस क्षेत्रलाई धेरै हदसम्म दुर्गम बनाएको छ। साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छ। राजमार्गमा हुने सड़क दुर्घटनाले बर्सेनि सयौ यात्रुले ज्यान गुमाउनुपरेको छ ।
कर्णाली प्रदेशको सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने विगत एक दशक (आ.व.२०७१/०७२ देखि गत आ.व. ०७९/०८०) सम्म ९९१ जनाको मृत्यु र १५२७ जना गम्भीर घाइते भएका र १८२१ जना सवारी दुर्घटनामा परेको देखिन्छ।
कार्यालयकाे तथ्यांकअनुसार ०७१/७२ मा सवारी दुर्घटनामा परी १३९ जनाकाे मृत्युु भएकाे थियाे । ,गम्भीर घाइते हुनेको संख्या १७२ रहेकाे छ । सवारी दुर्घटनामा परेको जम्मा संख्या १३९ रहेकाे थियाे ।
२०७२/७३ मा ७६ वटा सवारी दुघर्टनामा परेका थिए । जसमा ६५ जना गम्भीर घाइते भए भने मृत्यु हुनेकाे संख्या ५६ जना रहेकाे छ । ०७३/०७४ मा १०१ वटा सवारी दुर्घटना भएकाेमा ११७ ज्यान गुमाए भने १५३ जना गम्भीर घाइते भएका थिए ।
०७४/०७५ कुल ८८ वटा सवारी दुर्घटनामा परि ९१ जनाकाे मृत्यु भएकाे थियाे भने १२० गम्भीर घाइते भएका थिए । ९७५/०६७ मा १४६ वटा सवारी दुर्घटना भएका थिए । जसमा ११९ मृत्यु भयाे भने १५० जना गम्भीर घाइते भए । ०७६/०७७ मा कुल २३६ सवारी दुर्टना हुँदा मृत्यु हुनेकाे संख्या ९७ जना रहेकाे छ । उक्त वर्ष १३१ जना दुघ्घटनामा परी गम्भीर घाइते भएकाे उल्लेख छ ।
आ.व.०७७/०७८ मा २९१ वटा सवारी दुघर्घटनामा परेकाेमा ९८ जनाकाे ज्यान भयाे भने १६९ जना गम्भीर घाइते भए । आ.ब. ०७८/०७९ मा सबैभन्दा धेरै ४०३ वटा सवारी दुघर्टनामा परेकाे उल्लेख छ ।
उक्त वर्ष १८० काे मृत्यु भएकाे थियाे । ३६२ जना गम्भीर घाइते भएका थिए । ०७९/०८० मा मात्रै ९४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त वर्ष सवारी दुर्घटनामै परी २०५ जना गम्भीर घाइते भएका थिए । जम्मा दुर्घटनाकाे संख्या ३४१ जना रहेको छ ।

शुभाकर विश्वकर्मा । १५ भाद्र २०८१, शनिबार १५:५३