जुम्ला : जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ जोडने पातरसाघुमा खाद्य संस्थानको डिपो स्थापना हुने भएको छ । गाउँपा
लिकाको दुर्गम क्षेत्रका रुपमा रहेका दुई वटा वडालाई मध्यनजर गरी डिपो स्थापनाका लागि बोलपत्र आह्वान भएको छ ।
तातोपानी गाउँपालिकाको पातरसाघुँसहित जिल्लाकै पातारासी गाउँपालिकाको लुममा सतहमार्गबाट खाद्यवस्तु ढुवानीका लागि शिलबन्दी आह्वानका लागि गोरखापत्र दैनिकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौले सूचना प्रकाशित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष नन्द्रप्रसाद चौलागाईका अनुसार उक्त क्षेत्रमा खाद्यन्न ढुवानीका लागि सूचना प्रकाशित भएको छ ।
सूचना अनुसार खाद्यन्न ढुवानी सेन्टर सुर्खेतदेखि जुम्ला रहेको छ । बोलपत्र खरिद् गर्ने कार्यालय जुम्ला र सुर्खेत रहेका छन् ।
आर्थिक वर्ष २०७९०८० का लागि ५ सय क्वीन्टल खाद्यन्न ढुवानी हुने अध्यक्ष चौगालाईले बताए । अब त्यहाँका नागरिकले खाद्यन्न खरिद्का लागि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।
जुम्ला दर्पण । १२ माघ २०७९, बिहीबार १४:२०