मुगु । माओवादी पार्टी रुपान्तरण विशेष अभियान मुगु जुल्लामा तयारी पुरा भएको छ ।
नेकपा माओवादी केन्द्रको ३ महिने अभियानका ईन्चार्ज गोमा कुँवरका अनुसार भाद्र १६ गते देशभर उद्घाटन हुने अभियानका लागि मुगुमा तयारी पुरा भएको छ । ईन्चार्ज कुँवरका अनुसार मुगुमा भदौ ११ र १२ गते वैठक सम्पन्न भएको छ । वैठक पछि मुगुका ४ पालिका र ४५ वटा वडा ईन्चार्जहरु खटाईएको छ ।
उनका अनुसार छायाननाथ रारा नगरपालिकाको सुकविर बुढा, खत्याड गाउँपालिका अजबहादुर शाही, सोरु गाउँपालिका नवराज धामी र कार्मारोड गाउँपालिकामा छिरिट दम्दुल लामा कार्चेनको ईन्चार्जसिपमा अभियानका लागि टोली खटाईएको हो । पार्टीको वैठकमा भने कर्णाली प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री मंगलबहादुर शाही उपस्थित भएर फर्किएका छन ।
अभियानको भदौ १६ गते एकै पटक उद्घाटन गरि भब्य सहभागिता जनाउन पार्टीका सवै तहलाई ईन्चार्ज कुँवरले अनुरोध समेत गरेकी छन ।
जुम्ला दर्पण । १५ भाद्र २०८०, शुक्रबार २२:२३