सांसद शाहीको अभिव्यक्तप्रति जुम्लाका क्रियाशील पत्रकारहरूकाे ध्यानाकर्षण

जुम्ला । प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर शाहीले जुम्लाका क्रियाशील पत्रकारहरूकाे पेसाप्रति आँच आउने गरी विवादित अभिव्यक्ति दिएका छन् । उनकाे उक्त अभिव्यक्तिविरुद्ध जुम्ली क्रियाशील पत्रकारहरुले आपत्ति जनाएका छन् । सांसद शाहीले पटक पटक सार्वजानिक मञ्चमै जुम्ली पत्रकारहरुको पेशागत मर्यादामाथि आँच आउने गरी सार्वजानिक मञ्चमै दिएको अभिव्यक्ति प्रति पत्रकाहरुले आपत्ती जनाएका हुन् ।
विभिन्न कार्यक्रममा विषयान्तर गर्दै माननीय शाहीले पत्रकारको विषयमा नबोले सम्म सुख मान्दैनन् ।

विगतमा पनि धेरै पटक पत्रकार माथि खनिएका सांसद शाहीले सोमबार शसस्त्र प्रहरी बल नेपाल नं. ३३ बाहिनीको हेडक्वाटर त्रिपुरा जुम्लाको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद शाहीले जुम्लामा क्रियाशील पत्रकारहरुका नाममा पाटी पत्रकारिता मौलाएको बताए ।


मन्तव्यको क्रममा संविधानले दिएको स्वतन्त्रतालाई प्रयोग गर्दै शाहीले जुम्लाका पत्रकारहरु पार्टी पत्रकारिता गरिरहेको, आफ्ना पार्टीको मात्रै समाचार लेखिरहेको, खोजी पत्रकारितालाई ख्याल नराखेको जस्ता आक्षेप लगाए ।

आवश्यकता परेको खण्डमा पाटी पत्रकारिता गरेको प्रमाण दिन सक्ने खुला चुनौती दिए । भने यस्तो विषयको रिपोर्टिङ गर भनेर समेत निर्देशनात्मक भाषा प्रयोग गरे ।
यसैबीच सांसद शाहीले पटक पटक दिएको अभिव्यक्ति प्रति जुम्ली त्रियाशील पत्रकारले ध्यानर्कषण पत्र सार्वजानिक गर्दै आपत्ती जनाएका छन् ।

सांसद शाही संग भएको प्रमाण सार्वजानिक गर्न,अभिव्यक्ति नसच्याए सम्म उनी उपस्थित भएका कार्यक्रमलाई बहिष्कार गर्ने चेतावनी सहित ध्यानर्कषण पत्र जारी गरेका हुन् ।

जिल्लाका ९ जनाका क्रियाशील पत्रकारहरुद्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ,“दिशाहीन राजनीतिको उत्पादन नै ज्ञानेन्द्र शाहीजस्ता नेताहरु भएको हाम्रो ठहर छ । फलानाले फलानो खालको रिपोर्टिङ गर्नुपर्छ,यस्तो विषयको रिपोर्टिङ गर भनेर कसैलाई निर्देशन दिने अधिकार स्वयं माननीयसँग छैन ।

उहाँ नियम मिचेर बरोबर फालनो कार्यालयको हाकिमलाई, जिल्लाको सीडीओलाई निर्देशन दिएको छु भनेर भन्नुहुन्छ । तर निर्देशन दिने अधिकार मन्त्री बाहेक सांसदहरुलाई हुँदैन । तथापि हामीले यो टिप्पणीको विषय बनाएका छैनौं । उहाँको विषयमा मात्रै रिपोर्टिङ गर्ने पत्रकार पनि हामीले देखेका छौं ।

उहाँ पारिश्रमिक पनि दिनुहुन्छ होला ? यस्तो पत्रकारितालाई उहाँले कुन उपमा दिनुहुन्छ ? यो हाम्रो चासोको विषय हो । माननीय ज्ञानेन्द्र शाहीलाई बारम्बार जुम्लाका पत्रकारहरुको पेशागत मर्यादाको विषयमा अनर्गल टिप्पणी गर्ने छुट छैन । तसर्थ आफ्नो भनाइ यथासक्य चाँडो फिर्ता लिन गम्भीर ध्यानाकर्षण गर्दछौं । अन्यथा उहाँका कुनै पनि गतिविधिको विषयमा रिपोर्टिङ नगर्ने र उहाँ उपस्थित हुने कार्यक्रम समेत बहिस्कार गर्न हामी बाध्य हुनेछौं ।”
हरेक नीतिको माउ नीति राजनीति हो । राजनीति राम्रो भएको देशको अर्थतन्त्र, विधि, पद्धति, समाज, मानव विकास सुचकांक र भौतिक विकास निर्माण सबै लयमा हुन्छन् ।

तर विडम्बना नेपालको राजनीतिले नै असल बाटो समाउन सकेको छैन् । नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दिएको छ । यस हिसाबले बोल्नलाई समग्र पत्रकार र स्वयं माननीय सबै स्वतन्त्र छन् । हो हामीलाई सडकमा हात हल्लाउँदै हिड्ने स्वतन्त्रता छ । तर आफूले हल्लाएको हातले अरुलाई ठक्कर दिने स्वतन्त्रता छैन ।