१०औँ राष्ट्रिय खेलकुद : जुम्लामा प्रदेश स्तरीय छनाैट प्रतियोगिता हुँदै

जुम्ला : जुम्लामा फागुन १५ देखि कर्णाली प्रदेश स्तरीय पुरूष फुटबल टिम छनाैट प्रतियोगिता सुरू हुँदैछ । १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे जिल्ला फुटबल संघ जुम्लाले जनाएकाे छ ।

साेमबार एक पत्रकार सम्मलेनकाे आयाेजना गर्दै संघले प्रतियोगिताकाे सम्पूर्ण पुर्वतयारी पूरा भएकाे जनाएकाे छ । संघका महासचिव दिपेन्द्र हमालका अनुसार प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा कर्णाली प्रदेशका दस मध्ये छ वटा जिल्लाकाे मात्रै सहभागीता रहेकाे छ । आयोजक जिल्ला जुम्लासहित मुगु, हुम्ला, सुर्खेत, कालिकोट र जाजरकोटबाट टिम दर्ता भएको हमालले बताए। आगामी वर्षकाे मंसिर २ गतेदेखि ९ गतेसम्म हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत  कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल टिमको छनौट प्रतियोगिता जुम्लामा हुन लागेकाे हमाल बताउँछन्  ।

खेलको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईं र देवेन्द्र बहादुर शाहीले गर्ने कार्यक्रम छ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुँदैछ। पहिलाे दिन एक खेल हुनेछ ।