जुम्लाका हुलाकी र हल्कारा आन्दाेलित,सेवा प्रवाह प्रभावित

जुम्ला : हुलाक कार्यालय जुम्लामा कायर्यरत हुलाकी आन्दाेलनमा उत्रिएका छन् ।  नेपाल सरकारले हुलाक सेवामा कार्यरत श्रेणीविहीन तहका कर्मचारीलाई कामकाजबाट हटाउने निणय गरेपछि जुम्लाका हुलाकीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सरकाले लामाे समयदेखि दुर्गममा बसेर न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीकाे व्यवस्थापन नगरी विना कारण सेवाबाट हराउने निर्णय गरेकाे उनीहरूकाे आराेप छ । देशभर जिल्ला हुलाक कार्यालय अन्तरगत  ठुलाे संख्यामा हुलाकी, हल्कारा पदमा कर्मचारी कार्यरत छन् ।

जुम्लामा हुलाकीकाे ४७ जनाकाे दरबन्दी छ । तीमध्ये ६ जना हुलाकी स्थायी छन् भने दुई जनाकाे पद रिक्त रहेकाे छ । ३६ जना हुलाकी करार सेवामा कार्यरत छन् । यस्तै हल्काराकाे भने १६  जनाकाे दरबन्दी छ ।

जुम्लामा दुई जना हल्कारा स्थायी छन् भने हल्कारा १० करार सेवामा कार्यरत रहेका छन् ।  जुम्लाले हाल कार्यरत रहेका २५ जना २० जना करारमा सेवारत हुलाकीलाई सेवाबाट हटाउने तयारी गरेकाे छ ।

हुलाकी र हल्कारालाई सेवाबाट हटाउने निर्णय फिर्ता लिन आग्रह गर्दै हुलाक कार्यालय जुम्लामा कार्यरत हुलाकी तथा हल्कारा कार्मचरीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले बुझाएकाे पत्रमा भनिएकाे छ,`प्रस्तुत विषयका सम्बन्धमा नेपाल सरकारको निर्णयले हजारौ कर्मचारीहरू मर्कामा परेका छौ।  नागरिक सेवाबाट बन्चित हुन बाध्य भयका छन्।  देशभरका हामीजस्ता श्रेणी विहीन हुलाकी हल्कारा कर्मचारीहरू सरकारको निर्णयमा असमर्थ छाै ।´

१८ वर्षदेखि हुलाकी पदमा कार्यरत मदनराज न्याैपानेले सरकारकाे निर्णयले वर्षाैदेेखि कार्यरत कर्मचारी मर्कामा परेकाे बताए । उनका अनुसार निर्णय फिर्ता नलिदासम्म कामकाज ठप्प गरिनेछ ।