कर्णालीका मुख्यमन्त्री कंडेल १८ घण्टा देखि रुकुममै होल्डिङ

आठबिसकोट । १८ घण्टादेखी कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल रुकुम पश्चिमको आठबिसकोटमा रोकिएका छन्। आइतबार दिउँसो ३ बजेतिर डोल्पाबाट सुर्खेतका लागी उडेको हेलिकोप्टर आकस्मिक अवतरण पछी उनी रुकुममै होल्ड भएका छन्।

डोल्पास्थित एक मेलाको अवलोकन र पत्रिव धार्मिकस्थल त्रिपरासुन्दरी मन्दिर दर्शनका लागि डोल्पा गएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुमपश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण भएको थियो ।

आइतबार दिउँसो साढे ३ बजेतिर आठबिसकोट नगरपालिका– ९ स्थित रंगशालामा सिम्रीक एयरको हेलिकप्टर अवतरण भएको हो ।

उक्त हेलिकोप्टर अहिले सम्म आठबिसकोटमै छ । निरन्तरको वर्षाका कारण हेलीकोप्टर उड्न नसकेको प्रहरीले जनाएको छ ।

डोल्पाबाट सुर्खेतका लागि उडेको सिम्रीक एयरको हेलिकप्टर मौसम खराबका कारण आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

हेलिकप्टरमा मुख्यमन्त्री कँडेल र उनकी श्रीमतीसहित चार जना रहेको बताइएको छ । १८ घण्टादेखी हेलिकोप्टर अवतरण भएको स्थानमा रहेको छ । भने मुख्यमन्त्री कंडेल आठबिसकोटको एक होटलमा बसेका छन्।

मौसममा सुधार नभएका कारण मुख्यमन्त्री कंडेल सहित उनकी श्रीमती र सुरक्षा गार्ड आठबिसकोटको एक होटल बसेका छन्। हेलिमा सवार सबै सकुसल रहेको जनाईएको छ ।

मौसममा सुधार आएमा आजै हेलिकोप्टर गणतव्यमा पुग्ने बताईएको छ । आइतवार दिउँसोदेखी रुकुम पश्चिममा निरन्तर वर्षा भैरहेको छ ।