अरुभन्दा फरक र आकर्षक बन्न चाहनुहुन्छरु अपनाउनुस् यी ५ उपाय

काठमाडौँ

केही मानिस यस्ता हुन्छन् – उनीहरुबाट तपाईंको नजर हट्दैन। उनीहरुको हिँडाइ, बोलाइ र अन्य कुरा पनि हेरिरहुँजस्तो लाग्ने हुन्छ।


त्यस्ता मानिसहरुमा छुट्टै किसिमको आकर्षण हुन्छ। मनोचिकित्सकहरुका अनुसार प्रत्येक मानिसमा केही छुट्टै किसिमको गुण हुन्छ, जसले उनीहरुलाई अरुभन्दा फरक र आकर्षक बनाउन सहयोग गर्छ। यस्तोमा मानिसको केही कुरामा ध्यान दिने हो भने तपाईं धेरै आकर्षक देखिन सक्नुहुन्छ।

यहाँ आकर्षक देखिने केही टिप्स उल्लेख गरिएको छ–

१. आत्मविश्वासका साथ उभिनु
पूरा आत्मविश्वासका साथ उभिने मानिसको छाती फराकिलो र काँध केही पछाडि झुकेको हुन्छ। यस्ता मानिसहरु निकै आकर्षक देखिन्छन्। साथै उनीहरुको आत्मविश्वसपूर्ण हेराइले उनीहरुलाई थप आकर्षक बनाउँछ।

२.राम्रो निद्रा

सुन्दा अनौठो लाग्न सक्छ तर राति राम्रोसँग निदाउने मानिस एक वा दुई दिन राम्रोसँग निदाउन नपाएको मानिसको तुलनामा आकर्षक देखिन्छन्। राम्रोसँग ननिदाउनाले तपाईंलाई थकान महसुस हुन्छ। यद्यपि पर्याप्त निदाएको अवस्थामा भने तपाईं आकर्षक देखिनुहुन्छ।

३. शान्त व्यक्तित्व
मनोचिकित्सकहरुका अनुसार शान्त दिमाग भएका मानिसहरु कुनै पनि अवस्थामा मानिसहरुसँग राम्रोसँग कुराकानी गर्न सक्छन्। जो मानिसहरु छिटै रिसाउँछन्, त्यस्ता मानिसहरुभन्दा शान्त स्वभावका मानिसहरु बढी आकर्षक हुन्छन्।

४।.परफ्युम
मानिसलाई मिठो बास्नाले पनि आकर्षक बनाउँछ। आकर्षक परफ्युम लगाउनाले पनि तपाईंलाई अरुभन्दा फरक बनाउन सहयोग पुर्‍याउँछ।

५. कुराकानी तथा हाउभाउ
मानिसहरु राम्रोसँग कुराकानी गर्ने मानिससँग आकर्षित हुन्छन्। राम्रोसँग कुरा गर्ने क्षमता भएका मानिसलाई देख्दा उनीहरु कुनै पनि परिस्थितिमा फिट हुने प्रयास गर्छन् भन्ने लाग्छ। यो बानीले मानिसलाई राम्रो देखाउँछ।